विश्व स्पोर्ट्स च्यानबारा च्याम्पियनसिप खेल्न नेपाली टोली टोकियो जाँदै
१२ कार्तिक, काठमाण्डौ ।।
विश्व स्पोर्ट्स च्यानबारा च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली भोली जापानको टोकियो प्रस्थान गर्दैछ । च्याम्पियनसिपको ४१ औं संस्करण अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म सञ्चालन हुनेछ ।
खेलाडीहरुमा कृषला घिसिङ, करण नेपाल, विपना अधिकारी, चित्रबहादुर गुरुङ, प्रतीप लामा, एलिजा तामाङ उत्तम लामा र सुजनी लामा रहेका छन् ।
टिम प्रशिक्षकमा वीरबहादुर तामाङ, व्यवस्थापकमा भोइमा लामा तथा अफिसियलमा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखा अधिकृत ऋषिराम पोखरेल छन् ।