गृहपृष्ठ » मुख्य समाचार, राजनीतिरामवरणको लागि सरकाले व्यवस्था गरेको घर बस्नको लागि अयोग्य

रामवरणको लागि सरकाले व्यवस्था गरेको घर बस्नको लागि अयोग्य

October 29, 2015१३९ पटक

काठमाडौं– सरकारले निवर्तमान राष्ट्रपति रामवरण यादवको लागि व्यवस्था गरेको भाडाको घर बस्नको लागि योग्य नभएको पाइएको छ ।


पूर्वराष्ट्रपतिको लागि व्यवस्था गरिएको उक्त घर पुग्न साँघुरो बाटो भएर जानुपर्ने छ भने घर हाइटेन्सन लाइनमुनि रहेको छ । सोहि कारणले नेपाल विद्युत प्राधिकरणले विजुली समेत जोडिदिएको छैन ।
यसो त घर राष्ट्रपतिको लागि वस्नयोग्यसमेत भइसकेको छैन । घर निर्माणको लागि ठूलो संख्यामा सेना खटिएका छन् भने त्यहाँ आज बेलुकासम्ममा दुई कोठामात्र बस्न योग्य बनाइएको र घर पूरै बस्नयोग्य बनाउन एक साता लाग्ने अनुमान गरिएको छ ।

ललितपुरको बागडोलस्थित खरिबोटमा रहेको उक्त घर बुधबार मात्र घर फेला पारिएको थियो । नेपाल सरकारको पूर्वपदाधिकारीका लागि सेवा सुविधासम्बन्धि कानुनी व्यवस्थाअनुसार निवर्तमान राष्ट्रपतिका लागि सरकारले सो घर उपलब्ध गराएको हो ।

नयाँ घर साढे दुई तल्ले छ । घरबेटी अमेरिकामा रहेका छन् । घरबेटीका आफन्त उक्त घरमा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण