गृहपृष्ठ » मुख्य समाचार, राजनीतिशुक्रबार उपराष्ट्रपतिको मनोनयन

शुक्रबार उपराष्ट्रपतिको मनोनयन

October 29, 2015१५१ पटक

काठमाडौँ- सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।व्यवस्थापिका–संसद् सचिवालयका अनुसार सो पदका लागि शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।

सो पदका लागि सत्तारुढ घटकका तर्फबाट एकीकृत नेकपा(माओवादी)का स्थायी समिति सदस्य नन्दबहादुर पुन र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादव प्रतिस्पर्धी हुनेछन्।
उनीहरु उम्मेदवार हुने कुराको घोषणा सम्बद्ध राजनीतिक दलले यसअघि नै गरिसकेका छन्। सचिवालयका अनुसार उम्मेदवारी दर्ता भएका प्रस्ताव बमोजिम उपराष्ट्रपतिको उम्मेदवारको वर्णानुक्रमानुसारको नामावली प्रकाशन गर्ने समय अपराह्न १३.३० बजेका लागि तोकिएको छ।

यस्तै सोही दिन अपराह्न १४ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध, १४.३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
शनिबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा गोप्य मतदान गरिनेछ । राष्ट्रको दोस्रो उच्च मर्यादाक्रममा रहेको उपराष्ट्रपतिको निर्वाचनसँगै महत्वपूर्ण पदमा निर्वाचनको क्रम सम्पन्न हुनेछ ।

शनिबार अपराह्न १४.३० बजेदेखि मतगणना गरिने र साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुखबाट उपराष्ट्रपतिको मत परिणामसँगै निर्वाचित भएको घोषणा हुनेछ। सङ्घीय गणतन्त्र नेपालको संविधानमा राष्ट्रपतिमा महिला भए उपराष्ट्रपतिमा पुरुष हुने र त्यो पनि फरक फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ । बुधबार राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै उपराष्ट्रपतिको चयन हुन लागेको हो । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण