गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिकांग्रेस संसदीय दलमा सुशीललाई हटाउने गृहकार्य

कांग्रेस संसदीय दलमा सुशीललाई हटाउने गृहकार्य

October 30, 2015१६६ पटक

१३ कात्तिक, काठमाडौं । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर नेताहरुले सभापति सुशील कोइरालालाई संसदीय दलको नेताबाट हटाउने गृहकार्य अघि बढाएका छन् ।

कोइराला स्वयं नै प्रधानमन्त्री निर्वाचनमा पराजित भएका कारण उनी पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै देउवा पक्षले दलको नेताबाट हटाउने गृहकार्य अघि बढाएको राजधानी दैनिकमा खबर छ ।

कोइरालाको असफल नेतृत्वकै कारण मुलुकको परिस्थिति कांग्रेस अनुकूल भए पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायत सबै पद गुमाउनुपरेको ठहर देउवा पक्षको छ । सबैतिर असफल भएपछि देउवा पक्षीय नेताहरुले तत्काल संसदीय दलमा निर्वाचन हुनुपर्ने माग गरेका छन् ।

चुनावमा सभापति कोइरालाले उम्मेद्वारी दिए पनि उनी आफ्नै असक्षमताका कारण पराजित भएको देउवा पक्षीय नेताहरुको निष्कर्ष छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण