गृहपृष्ठ » मुख्य समाचार, समचारझरी र हिमपातले चिसो बढायो, मौसममा पूर्ण सुधार हुन केही दिन लाग्ने

झरी र हिमपातले चिसो बढायो, मौसममा पूर्ण सुधार हुन केही दिन लाग्ने

October 30, 2015१४२ पटक

काठमाडौं, कात्तिक १३–  हिजो दिनभर बदली भएको मौसममा आजदेखि सामान्य सुधार हुन थालेको छ । अहिले पूर्व बाहेक देशभरको मौसम सामान्य मात्र बदली भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वमा भने पूर्ण बद्ली भएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार आज पूर्व बाहेकका क्षेत्रमा सामान्य बद्ली भएपनि हिजो भन्दा मौसममा सुधार आउनेछ । पूर्वमा भने आज लगातारजसो झरी पर्ने सम्भावना छ । पश्चिमी वायु र अरब सागरमा विकास भएको न्यूनचापीय रेखा पूर्वतर्फ प्रवेश गरेकाले आज देशको पूर्वी भेगमा मेघगर्जन सहित पानी पर्ने अनुमान गरिएको हो । मध्य र पश्चिम तथा सुदूरपश्चिमका केहि ठाउँमा भने हल्का पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार हिजो दिउँसो र राती दाङ र पोखरामा सबैभन्दा धेरै पानी परेको छ । दाङमा १८ दशमलव ८ र पोखरामा १७ दशमलव ७ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ । झरीसँगै देशभर चिसो बढाएको छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । आज पनि हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यसले गर्दा आजदेखि चिसो झन् बढ्ने मौसमविद्ले बताएका छन् । काठमाडौंमा आजको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्रीमा झरेको छ । हिजो अस्ति न्यूनतम तापक्रम १३÷१४ डिग्री सेल्सियस थियो ।

देशभरको मौसम खुल्न केहि दिन लाग्ने भएकाले यतिबेला धान नकाट्न किसानलाई मौसमविद्को सुझाव छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण