गृहपृष्ठ » मुख्य समाचार, समचारमधेसी मोर्चाले रिक्सा चालकहरुलाई समेत छाडेन

मधेसी मोर्चाले रिक्सा चालकहरुलाई समेत छाडेन

October 30, 2015१५३ पटक

जनकपुर, १३ कात्तिक– मधेसी मोर्चाका नाममा असुली गरेर आफूहरूलाई दुःख दिएको उल्लेख गर्दै रिक्सा चालकहरूले बिहीबार जनकपुरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले रिक्सासहित जनकचोकमा धर्नासमेत दिए । मधेसी मोर्चाले आह्वान गरेको हड्तालमा जनकपुरबाट सीमावर्ती जटहीसम्म यात्रु ओसार पसार गर्ने विद्युतीय रिक्सा चालकहरूसँग बाटोमा प्रतिखेप १ सयदेखि २ सय रुपैयाँ असुली गर्ने गरेको आरोप सम्बद्ध चालकहरूले लगाएका छन् ।

एक सय रुपैयाँ बुझेको ‘संघीय मधेसी मोर्चा’ को रसिद देखाउँदै लोहनाका चालक मोहम्मद बेचनले भने, ‘रुपैयाँ असुली गर्ने युवकलाई रसिदमा सही गरेर दिनुस् भन्दा उल्टै गालीगलौज गरे ।’

e-rikshaw

विद्युतीय रिक्सा चालकहरूले प्रदर्शन गरेको रसिदमा मिति तथा नगद बुझिलिने व्यक्तिको हस्ताक्षर छैन । मधेस आन्दोलनप्रति ऐक्बद्धता जनाउँदै पटकपटक प्रदर्शनसमेत गरेका विद्युतीय रिक्सा चालकहरूले जनकपुरभन्दा दक्षिणमा अवस्थित देपुरादेखि जटहीसम्म ठाउँठाउँमा आफूहरूसँग चन्दा असुली गरिएको उल्लेख गरे ।

–कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण