गृहपृष्ठ » मुख्य समाचार, समचारचीनमा तेल लिन जानुअघि ट्यांकरको पूजापाठ

चीनमा तेल लिन जानुअघि ट्यांकरको पूजापाठ

October 30, 2015१३१ पटक

१३ कात्तिक, काठमाडौं । पूजापाठ र टीकाटालो गरेर ट्यांकरहरुलाई चीनले अनुदानमा दिएको तेल लिन केरुङतर्फ पठाइएको छ ।

शुक्रबार विहान १२ वटा ट्याकंर चीनतर्फ हिडेका हुन् । नेपाल आयल निगमको थानकोट डिपो प्रमुख रबिन शर्मालगायतले केरुङ जाने ट्यांकरहरुको पूजा गरे भने चालकहरुलाई टीका लगाइदिए ।

चीनले अनुदानमा दिन लागेको एक हजार मेट्रिकटन मध्ये पहिलो खेपमा सय मट्रिक टन अर्थात १ लाख ३० हजार लिटर पेट्रोल ल्याइँदैछ । त्यसका लागि १२ हजार लिटर क्षमताका १२ वटा ट्याकंरहरु पठाइएको छ ।

आज चीन गएका ट्यांकरले बाटोको अवस्था लगायतको रिर्पोटिङ गरेपछि थप ट्यांकर पठाउने निगमको तयारी छ । निगमले चीन पठाउन ४० वटा ट्यांकरलाई तयारी अवस्थामा राखेको थियो ।

चीनको केरुङसम्म चिनियाँ ट्यांकरले नै तेल ल्याउनेछन् । नेपाली ट्यांकरहरु भोलि शनिबार केरुङ पुगेर पेट्रोल लोड गर्नेछन् । चीनले अनुदानमा दिएको तेल बोकेर ट्यांकरहरु आइतबार रातिसम्म काठमाडौं आइपुग्ने आयल निगमका अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण