गृहपृष्ठ » खेलकुद, मुख्य समाचार, समचारराखेपका सदस्य सचिव विष्टलाई हटाउन अख्तियारले दिएको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको अदालतले आदेश

राखेपका सदस्य सचिव विष्टलाई हटाउन अख्तियारले दिएको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको अदालतले आदेश

October 30, 2015२६१ पटक

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सदस्यसचिव विष्टलाई हटाउने अख्तियारको आदेश तत्काल कार्यान्वयन नगर्न शुक्रबार अदालतले अन्तरिम आदेश दिएको हो । विष्टले दायर गरेको रिटमाथि प्रधान न्यायाधीश कल्याण श्रेष्ठले सुनुवाइ गर्दै यस्तो आदेश दिएका हुन् ।

अख्तियारले गत भदौ २५ गते विष्टलाई सदस्यसचिवबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो ।

अख्तियारको निर्देशन बमोजिम तपाईलाई किन बर्खास्त नगर्ने भन्दै खेलकुद मन्त्रालयले असोज १३ गते विष्टलाई स्पष्टीकरण सोधेको थियो । अख्तियारको आदेश विरुद्ध विष्टले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

दसैं अगाडि नै रिट दर्ता गरिएको भए पनि दसैं विदाका कारण ढीलो गरी शुक्रबार मात्रै यसमा सुनुवाइ भएको हो ।

अदालतमा सदस्यसचिव विष्टको पक्षमा बरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, सुशील पन्तका साथै टीकाराम भट्टराई, रमेश बडाल, तुलसी थापा लगायतले वकालत गरेका थिए ।

स्मरण रहोस् उनै केशव विष्टको नियुक्ति प्रमरणमा अख्तियारले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई दबाव दिएपछि खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले मन्त्री पदबाट राजीनामा समेत गर्नुपरेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण