गृहपृष्ठ » मुख्य समाचार, समचारग्याँसगिजर लिक हुँदा युवतीको मृत्यु

ग्याँसगिजर लिक हुँदा युवतीको मृत्यु

October 30, 2015१३० पटक
१३ कात्तिक, तानसेन । नुहाउने क्रममा ग्यास गिजर लिक हुँदा पाल्पाको छहरा गाविसमा एक युवतीको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब नौ बजे बाथरुममा राखिएको ग्याँस गिजर लिक हुँदा १८ वर्षीया पुजा रायमाझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख जगदिश तिमिल्सेनाले जानकारी दिए ।
नुहाउनकालागि बाथरुम पसेकी पुजा लामो समयसम्म बाहिर नआएपछि ढोका फोडेर हेर्दा बेहोस अबस्थामा फेला परेकी थिइन् । उनलाई उपचारकालागि युनाईटेड मिशन अस्पताल पठाउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण