गृहपृष्ठ » मुख्य समाचार, समचारछोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

October 30, 2015१३५ पटक

१३ कात्तिक, सप्तरी । मदिरा सेवन गरेका सप्तरीका एक व्यक्तिले हतियार देखाएर आफ्नै छोरीलाई बलात्कार गरेका छन् ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार जिल्लाको डाढा गाविस का ३८ बर्षका व्यक्तिले गत कात्तिक २ गते आफ्नै छोरीलाई बलात्कार गरेका हुन् ।

मादक पदार्थ सेवन गरेका उनले आफ्नै १५ बर्षीया छोरी बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कंचनपुरमा उजुरी परेको छ ।

उजरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनीबिरुद्व जबर्जस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक मेघराज अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण