गृहपृष्ठ » मुख्य समाचार, समचारउपत्यकामा नेपाली सेनाकाे निःशुल्क बस सेवा

उपत्यकामा नेपाली सेनाकाे निःशुल्क बस सेवा

October 30, 2015१४० पटक

काठमाडौं, कात्तिक १३ – नेपाली सेनाले उपत्यकामा निःशुल्क बस सेवा सुरु गरेको छ । सेनाले बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चारवटा बसमार्फत विभिन्न ८ वटा रुटमा बस सेवा दिन थालेको हो ।

सेनाका प्रवक्ता ताराबहादुर कार्कीका अनुसार असहज परिस्थिति रहुन्जेलसम्म निःशुल्क बस सेवा दिइनेछ । प्रति बसमा ३५ सिट संख्या क्षमता रहेको र आवश्यक परे उभिएर जान चाहनेलाई पनि सेवा दिने उहाँले बताउनुभयो ।

नेपाली सेनाले नयाँ वानेश्वर, कोटेश्वर, थापाथली, चक्रपथ लगायात काठमाण्डू उपत्यकाका विभिन्न ठाउँमा गएकाे बुधबारदेखि निःशुल्क बस सेवा दिन थालेको हो ।

यस्तो छ रुट

१ – भद्रकाली, लैनचौर, टिचिङ अस्पताल, चक्रपथ, बसुन्धरा, गोंगबु हुँदै बालाजु
२ – माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै स्वयम्भू
३ – माइतीघर नयाँ बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ हुँदै भद्रकाली
४ – माइतीघर, पुरानोबानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार हुँदै सिंहदरबार
५ – नयाँबानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु  हुँदै रत्नपार्क
६ – सहिदगेट, त्रिपुरेश्वर, कालीमाटी, ताहाचल, छाउनी, स्वयम्भू, गोंगबुचोक हुँदै सामाखुशी
७ – थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, बानेश्वर हुँदै सहिदगेट
८ – थापाथली, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर हुँदै रत्नपार्क

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण