गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमधेशी मोर्चाले अब वार्ता नगर्ने

मधेशी मोर्चाले अब वार्ता नगर्ने

October 30, 2015१२१ पटक

आन्दोलनरत मधेशी मोर्चाले सरकारसंग अबहुने बार्ता पनि असफल भए पुनः बार्तामा नबस्ने जनाएको छ । मोर्चाले संघियता र सिमांकन जस्ता बिषयमा छलफल गर्न संसदको ठूलोदल कांग्रेसलाई सरकारले बार्ता समितिमा नराखेकाले यो बार्ता निष्कर्ष नपुग्ने उसको ठहर छ ।
आज भएको मोर्चाको अनौपचारीक छलफलले प्रमुख प्रतिपक्षदल नेपाली कांगे्रस बिना सरकारले मात्रै गरेको सहमती कार्यन्वयन हुन नसकक्ने ठहर गरेको छ । मोर्चाले सरकारलाई पत्रको जवाफ पठाउदै बार्ता समितिमा कांगे्रसको पनि प्रतिनिधित्व हुनपर्ने जनाएको थियो ।
सरकारी बार्ता टोली र मोर्चाको बार्ता टोलीबिच हिजो भएको बार्ता असफल भएपछि कार्तीक १५ गते बस्ने सहमति भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण