गृहपृष्ठ » खेलकुद, मुख्य समाचार५ जना फुटबल खेलाडीलाई आइतवार विशेष अदालतमा पेश गरिने

५ जना फुटबल खेलाडीलाई आइतवार विशेष अदालतमा पेश गरिने

October 30, 2015२१३ पटक

म्याच फिक्सिङको आरोपमा प्रहरी हिरासतमा रहेका ५ जना फुटबल खेलाडीलाई आइतवार मात्र विशेष अदालतमा पेश गरिने भएको छ । यस अघि अदालतले पक्राउ परेको मितिले १७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको मिति आज सकिदै छ । भोलि विदाको दिन परेकोले आइतवार मात्र उनिहरुलाई म्याद थपका लागि अदातलमा पेश गरिने महानगरीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जनाकारी दिनुभयो ।
खेलाडीहरूमाथि लागेको आरोप २५ दिन भित्र टुंगो लागिसक्नु पर्ने नियम छ ।
राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दाहरु विशेष अदालतले हेर्ने र सोही अनुसार उनीहरुलाई अदालतमा लगिएको प्रहरीले जनाएको छ ।
म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटवल टिमका निलम्बीत कप्तान सागर थापा, सन्दीप राई, अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्री अहिले थुनामा छन् ।
प्रहरीले असोज २७ गते उनीहरुलाई पक्राउ गरे पनि विदाका कारण अदालतमा उपस्थित गराउन सकेको थिएन । उनीहरुलाई एसियाली फुटबल महासंघ र एन्फाले पनि प्रतिबन्ध लगाएको छ । अनुसन्धान नसकिएसम्मका लागि ५ जना खेलाडीलाई प्रतिबन्ध लगाएको महासंघ र एन्फाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण