गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकांग्रेस नेता तथा पुर्व गृहराज्यमन्त्री कँडेलमाथि गोली हान्ने प्रयास

कांग्रेस नेता तथा पुर्व गृहराज्यमन्त्री कँडेलमाथि गोली हान्ने प्रयास

October 30, 2015१३३ पटक

devendra-raj-kandel2_556866186

 

परासी, कात्तिक १३ गते । पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलमाथि नवलपरासीमा गोली हान्ने प्रयास भएको छ । नवलपरासीको महेसपुरस्थित घरबाट बडहरा दुबौलिया (३ स्थित खेतमा जाने क्रममा भारतीय अपराधी समुहले स्थानीय ललितपुर भन्ने ठाउँमा आज दिउसो रोकी गोली हान्ने प्रयास गरको थिए ।भारतीय समुहले ६ राउण्ड लोडेड पेस्तोल कँडेलको टाउको माथि राखि गोलि चलाउन खोज्दा कण्डेलका अंगरक्षक असई दिपक घिमिरेले बचाएको र केहि प्रहरीका सहयोगमा समुह मध्ये दुईजना भारतीय योजनाकारलाई पक्राउ समेत गर्न सफल रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको ठुठीबारी बस्ने ४२ वर्षिय उज्जवल गडतौला र ठुठीबारीकै नजिक रहेको राजाबारीका जोगेन्द्र पासवान रहेको नवलपरासीका प्रहरी उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको उपाध्यायले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण