गृहपृष्ठ » मुख्य समाचार, समचाररुपन्देहीमा बस दुर्घटना, एकको मृत्यु, ५ घाइते

रुपन्देहीमा बस दुर्घटना, एकको मृत्यु, ५ घाइते

October 30, 2015१३० पटक

butwal

१३ कात्तिक, भैरहवा । रुपन्देहीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित ५ जना घाइते भएका छन् । बुटवलबाट भैरहवा आउँदै गरेको लु १ ख ७२७२ नम्बरको बस रुपन्देहीको मणीग्राममा अनियन्त्रित भएर रुखमा ठोक्किँदा दुर्घटना भएको हो ।
बुटवलका १८ वर्षीय विवेक थापाको मृत्यु भएको छ भने बस चालकको अवस्था गम्भिर छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रामेश्वर कार्कीका अनुसार थापा अर्कै बसका सहचालक हुन् ।

दुर्घटनामा घाइतेहरुको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण