गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारम्यानमारमा आमनिर्वाचनः सुकीको लोकप्रियता बढ्दो

म्यानमारमा आमनिर्वाचनः सुकीको लोकप्रियता बढ्दो

October 30, 2015१३१ पटक

Aung San Suu Kyiकहामु (म्यानमार), १३ कात्तिक । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान् सुकीका बारेमा विभिन्न टिकाटिप्पणी तथा आलोचना त गर्ने गरिएकै छ, तथापि निर्वाचन अगाडिको अवस्था हेर्दा उहाँको लोकप्रियता बढी नै छ ।

साढे दुई दशकभन्दा लामो समयपछि म्यानमारमा निर्वाचन हुदैछ । म्यनमारमा आगामी नोभेम्बर महिनामा हुन लागेको यस आमनिर्वाचनको प्रचार अभियान उहाँले सुरु गर्नुभएको छ ।

निर्वाचन प्रचार अभियानकै क्रममा उहाँ हालैका दिनमा हिलाम्मे माटोका साथै मौसमको पनि प्रवाह नगरी घर घरमा प्रचारका लागि हिँड्नुभएको बताइएको छ ।

जसका कारण पनि म्यानमारमा हाल उहाँको लोकप्रियता बढेको पाइएको छ । त्यस्तै उहाँको दलको प्रचार अभियान नै बढी प्रभावकारी देखिएको छ ।

म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीले नोभेम्बर ८ का लागि आयोजित सो अभियानमा हजारौँको सङ्ख्याका कार्यकर्ताको पनि सहभागिता रहेको बताइएको छ ।

हालैमात्र उहाँ पश्चिमी राखिन राज्यमा निर्वाचन अभियानमा जानुभएाके थियो र त्यहाँ बौद्धमार्गीहरुको बसोबास रही आएको छ । त्यहाँका ती बौद्धमार्गीहरुले उहाँले स्थानीय मुस्लिमहरुलाई समर्थन गरेको आरोप लगाउने गरेका छन् ।

सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीका अध्यक्ष विन नियाङ्ले निर्वाचनको प्रचार अभियानमा कुनैपनि किसीमको समस्या नहोस भनेर निकै प्रभावकारी रुपमा सञ्चालन गर्ने गरेको बताउनुभएको छ ।

निर्वाचन अभियानहरुको बारेमा सूचना सम्प्रेषण गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भनेका छन् एकदमै ग्रामीण क्षेत्रमा होस् कि सहरी क्षेत्रमा सुकीको दलका राता झण्डाहरु मात्र ठूलो मात्रामा फहराउने गरेका छन् ।

कैयौं स्थानीय नागरिक उहाँको स्वागतका लागि अत्यन्तै इच्छुक रहेको भन्दै यसका लागि उहाँको दलका नेताहरुले समन्वय गरी प्रचार अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरिरहेको पनि पार्टी अध्यक्ष नियाङ्ले भन्नुभयो ।

म्यानमारको कहामु गाउका ५४ वर्षीय एकजना किसान मिन्त थेँन भन्छन्– सुकी आमा हाम्रो हिरो हो, त्यसैले हामी उहाँलाई यस देशको नेताका रुपमा सम्मान गर्न इच्छुक छौँ ।

सन् २०१२ को आमनिर्वाचनमा सुकी त्यहाँबाट सांसद भएपछि सो क्षेत्रमा उहाँले बिजुली, खानेपानी, कृषिको लागि आवश्यक मलबिऊ उपलब्ध गराउनुभएको थियो ।

म्यानमारमा आगामी नोभेम्बर ८ मा आमनिर्वाचन हुन लागेको छ । सो निर्वाचनको अन्तिम तयारी भइसकेको जानकारी सरकारले दिएको छ ।

सो संविधानले नेत्री सुकीलाई भने राष्ट्रपति हुन पाउने प्रावधानबाट बञ्चित गरेको छ । उहाँको दलले यस प्रावधानको विरोध गरेको भएपनि निर्वाचनमा भने सहभागी भइरहेको छ । रासस/एएफपी

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण