गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारनिःशुल्क भिसामा इजरायल जान पाउने भए नेपाली महिला कामदार

निःशुल्क भिसामा इजरायल जान पाउने भए नेपाली महिला कामदार

August 8, 2015२४८ पटक

काठमाण्डु, २३ साउन– नेपाल र इजरायलबीच पुनः इजरायलमा घरेलु कामदार पठाउने सम्भाmैतापत्रमा हस्ताक्षर भएको छ ।

इजरायलले कियर गिभरका लागि तालिमप्राप्त नेपाली महिला कामदार लैजान इच्छा राखेसँगै शुक्रबार दुई मुलुकबीच सो सम्झौता भएको हो ।

विगत चार वर्षदेखि रोकिएको घरेलु कामदार लैजाने प्रक्रिया पुनः सुरु गर्न इजरायल सहमत भएपछि सम्झौता भएको हो ।

श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा नेपालका लागि इजरायली राजदूत यारोन मेयर र वैदेशिक रोगजार विभागका महानिर्देशक भरतराज सुवेदीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा केयर गिभरका रुपमा निःशुल्क भिसामा जाने नेपाली घरेलु कामदारले नर्स तथा तीन महिने केयर गिभर तालिम लिएको हुनुपर्ने, केयर गिभरका लागि जाने कामदारको उमेर २५ देखि ५४ वर्षसम्मको मात्र हुनुपर्ने र एसएलसी पास भई इन्टरमिडियट तहको अंग्रेजी भाषा सिकेको हुनुपर्ने योग्यताको मापदण्ड तोकिएको छ ।

सम्झौताअनुसार अब सरकार आफैंले इजरायल कामदार पठाउने छ । इपीयसमार्फत दक्षिण कोरियामा कामदार पठाएजस्तै दुवै देशबीच सरकारी तह (जीटुजी मोडल) मा इजरायल घरेलु कामदार पठाइने छ ।

पाइलट प्रोजेक्टको रुपमा भएको यो सम्झौताअनुसार विभागले पहिलो चरणमा ६० दक्ष नेपाली महिला कामदार छनोट गर्नेछ ।

यस प्रोजेक्टअन्तर्गत कुल ३ सय जना नेपाली महिला र पुरुष दुवै घरेलु कामदार इजरायल जाने अपेक्षा गरिएको छ ।

विभागमा महानिर्देशक सुवेदीले प्रतिस्पर्धाका आधारमा दक्ष नेपाली महिला र पुरुष दुवै कामदारलाई इजरायल पठाइने बताए ।

जसका लागि चार तहको परीक्षण विधि तयार पारिएको जानकारी गराउँदै उनले अंग्रेजी भाषा, स्वास्थ्य परीक्षणलगायत परीक्षामा उत्तीर्ण भएपछि मात्रै कामदार इजरायल जान पाउने बताए ।

इजरायलमा परिवार भएका र यसअघि इजरायल बसेर फर्किएकालाई भने पहिलो चरणमा सहभागी नगराउने सुवेदीले बताए ।

राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण