गृहपृष्ठ » मुख्य समाचार, समचारव्यवसायीद्वारा बाँकेमा ग्याँस उद्योगमा तालबन्दी

व्यवसायीद्वारा बाँकेमा ग्याँस उद्योगमा तालबन्दी

October 30, 2015१४४ पटक

दाङ– ग्याँस विक्रेता महासंघ नेपालको अगुवाईमा बाँकेमा रहेका दुई ग्याँस उद्योगमा तालबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र पूर्वका कपिलबस्तु र रुपन्देहीसहित २६ जिल्लाका ग्याँस विक्रेता महासंघहरुले मनकामना र भेरी ग्याँस उद्योगमा ११ बजे तालबन्दी गरेको ग्याँस विक्रेता महासंघ दाङका अध्यक्ष नरेश कार्कीले जानकारी दिएका छन् ।
सरकारको निर्देशनमा नेपाल अयाल निगमले ७५ प्रतिशत राजधानी र बाँकी २५ प्रतिशत सम्बन्धित जिल्लाम पठाउने गर्दा जिल्लाम ग्याँसको चरम अभाव भएको भन्दै त्यसको विरोधमा तालबन्दी गरिदिएको अध्यक्ष कार्कीले बताए ।
तालाबन्दी पश्चात महाँसंघका पदाधिकारीहरु जानकारी दिन जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेका छन् । व्यवसायीले कोटा अनुसार ग्याँस पाउनु पर्ने बताएका छन् ।

५ हजार सिलिण्डर ग्याँस भर्न पुग्ने ग्याँस बोकेका ४ वटा बुलेट भन्सार कार्यालयमा रोकिएका छन् । निगमको बुलेटबाट मनकामना र भेरी ग्याँस उद्योगमा सिलीण्डर भरेर काठमान्डौ लग्ने तयारी गरेकाले त्यसलाई रोक्न व्यवसायीले तालाबन्दी गरेको ग्याँस विक्रेता महासंघ नेपालका उपाध्यक्ष दिव्यदेव उप्रेतिले जानकारी दिए ।
आफ्नो माग पुरा नभए सम्म ताला नखोल्ने उपे्रतिले बताए । कोटा अनुसार मध्यपश्चिमाञ्चल र सुदुर पश्मिाञ्चलमा भेरीले ६२ हजार, मनकामनाले ४० हजार, धनगढीमा रहेको रडियकुटले ३२ हजार र राप्तीले २० हजार सीलीण्डर ग्याँस बजारमा विक्रि गर्ने गरेका छन् । यता नेपाल आयल निगम इन्धन डिपो क्षेत्रीय कार्यालयका प्रमुख श्रीचन्द्र श्रेष्ठले सरकारले गरेको निर्ण कार्यान्वयन गर्ने बताए । त्यसका लागि जिल्ला प्रशासन कार्यालय बाँके संग समन्वय भइरहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण