रामबरणले सरकारी सुबिधा लिए भन्नेलाई पुत्री अनिताको जवाफ -‘भुकम्पले चर्काएको घरमा कसरी बस्ने ? ’ [फोटोकथा]
निबर्तमान राष्ट्रपति रामबरण निजी निबासमा बस्न नमिल्नुका मुख्य ४ कारण यी हुन्
भर्खरै निबर्तमान भएका गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवपुत्री अनिता यादबले आफ्नो बुबा निजी निबासमा बस्न नमिल्नुका कारणबारे प्रष्ट पारेकी छन् ।
डा.रामबरणले किन आफ्नै निजी निबास छाडेर सरकारले दिएको डेरामा बसे होलान् भन्ने टीका टिप्पणी ब्यापक आएपछि उनले आफ्नै फेसबुक पेजमा निजी निबासका फोटाहरु सार्बजनिक गर्दै सो घरमा बस्न नमिल्नुका मुख्य ४ कारणबारे यसरी प्रष्ट पारेकी हुन् ।
उनले सो घर आफ्नो नाममा रहेको, दुईवटा बेडरुममात्रै रहेको ३ दशमलव ७ धूरमा बनेकाले पर्याप्त पार्किङको सुविधा समेत नरहेको ,सानो परिवारका लागि मात्र घर बनाएको र भूकम्पका कारण बस्न नहुने अवस्थामा रहेकाले रामवरण सो घरमा बस्न नसक्ने अनिताले स्पष्टीकरण दिएकी हुन् ।
यादबपुत्री अनिताको आधिकारिक फेसबुक पेज Anita Yadavयो समाचार तयार पार्दा सम्म २७ हजार ३ सय८३ जनाले लाइक गरेका छन् ।
अनिताले सार्बजनिक गरेका केहि फेटाहरु हेरौं :-