गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, समचारबन्दले ले उद्योग व्यवसाय चौपट

बन्दले ले उद्योग व्यवसाय चौपट

October 30, 2015३९४ पटक

१३ कार्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त उद्योगमन्त्री सोमप्रसाद पाण्डेलाई भेटी उद्योग व्यवसाय क्षेत्रले व्यहोर्नुपरेको समस्या अवगतर गराएको छ ।
शुक्रबार मन्त्रालयमा भएको भेटमा महासंघ अध्यक्ष पशुपति मुरारकाले तीन महिनादेखि जारी तराई आन्दोलन तथा प्रमुख भंसार नाकामा अवरोधका कारण उद्योग व्यवसाय चौपट भएको बताए । उनले बन्द हड्तालका कारण उद्योग व्यवसाय क्षेत्रले दैनिक करिव २ अर्ब बराबरको आर्थिक क्षति व्यहोर्दै आएकाले अहिलेको असहज अवस्था तत्काल अन्त्य गर्न आग्रह गरे ।

चरम इन्धन अभावका कारण औद्योगिक उत्पादन तथा कच्चा पदार्थको आयात निर्यात ठप्प रहेको छ । वीरगंजस्थित सुख्खा वन्दरगाहमा वाहिरबाट ल्याइएका माल वस्तुहरु महिनौदेखि सम्बन्धित स्थानसम्म लैजान नसकिएका कारण उद्यमी व्यवसायीहरुले माल वस्तुहरुमा तिर्नुपर्ने गोदाम भाडा, डिमरेज र विलम्ब शुल्क तथा कन्टेनर पार्किङ शुल्क लगायतको जरिवाना तीर्न नसक्ने अवस्था रहेको अध्यक्ष मुरारकाले बताए ।

अध्यक्ष मुरारकाले तत्काल ती माल वस्तुहरु गन्तव्यतर्फ पठाउने आवश्यक प्रवन्ध मिलाउन उद्योगमन्त्री समक्ष अनुरोध गरे । अहिलेको कठिन अवस्थामा समग्र उद्योग व्यवसाय क्षेत्रलाई अभिभावकत्व दिन मन्त्री पाण्डेलाई आग्रह गर्दै उनले यतिवेला उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वयको खाँचो औल्याए ।

अर्थमन्त्रालयसँग समन्वय गरि उद्योग क्षेत्रलाई तत्काल राहतका प्याकेजहरु घोषणाका लागि अध्यक्ष मुरारकाले मन्त्रीको ध्यानाकर्षण गराए । उनले उद्योग क्षेत्रलाई सरकारले तत्काल सुरक्षाको प्याकेजहरु नदिने हो भने कुनैपनि वेला उद्योग व्यसाय गम्भीर संकटमा जाने बताए । सही अवसरमा मुलुकको उद्योग व्यवसायलाई स्वावलम्वी वनाउने नीति राज्यको हुनुपर्नेमा समेत जोड दिइयो ।

उद्योगीको कुरा सुनेपछि मन्त्री पाण्डेले सुख्खा वन्दरगाहमा रहेका वस्तुहरु छुटाउन छिट्टै पहल हुने आश्वासन दिए । निजी क्षेत्रलाई साथमा लिएर उद्योग क्षेत्रसँग सम्बन्धित नीति निर्माण गर्ने प्रतिवद्धता उनले जनाए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण