दुई मन्त्रालयको नाम संशोधन गरी सूचना तथा प्रविधि राखियो
१३ कात्तिक, काठमाडौं । सरकारले दुर्इ मन्त्रालयको नाम संशोधन गरेको छ ।
कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयको नाम संशोधन गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय राखिएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयको नाम संशोधन गरेर सूचना तथा प्रविधि मन्त्रालय राखिएको छ ।
गत असोज १५ गतेको मन्त्रिपरिषद् बैठकले नाम संशोधन गरेको सूचना तथा प्रविधि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस