गृहपृष्ठ » अन्तर्राष्ट्रिय, पत्रपत्रीका, मुख्य समाचार, राजनीतिराष्ट्रसंघले गर्यो सुशील कोइरालाको प्रशंसा

राष्ट्रसंघले गर्यो सुशील कोइरालाको प्रशंसा

October 31, 2015२२३ पटक

 

काठमाडौं– संयुक्त राष्ट्रसंघको राजनीतिक मामिलासम्बन्धी विभाग हेर्ने उपमहासचिव जेफ्री फेल्टमेनले पूर्वप्रधानमन्त्री सुशील कोइरालाले शान्तिप्रक्रिया र संविधान जारी गर्दा खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

शुक्रबार साँझ न्युयोर्कबाट कोइरालालाई टेलिफोन गरी उनले प्रशंसा गरेका हुन्। ‘शान्ती प्रक्रियालाई टुंगोमा पु¥याउन र नयाँ संविधान जारी गर्न प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापतिका रुपमा तपाईंले खेल्नुभएको भूमिका प्रशंसनीय छ,’ फेल्टमेनको भनाइ उद्धृत गर्दै कोइराला प्रधानमन्त्री हुँदा उनका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने, ‘आगामी दिन देखिएका चुनौतीको सम्बोधन गर्न पनि तपाईंको भूमिका उत्तिकै महŒवपूर्ण रहनेछ ।’

कोइरालाको नेतृत्व, भूमिका र योगदानले नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न तथा अघि बढाउन ठूलो मद्दत पुगेको टेलिफोनमा फेल्टमेनले बताएका थिए । यसअघि राष्ट्रसंघका महासचिव बान की मुनले पनि सुशील कोइरालाले प्रधानमन्त्रीका रूपमा शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन तथा संविधान जारी गर्न खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए ।

नागरीक दैनिक

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण