गृहपृष्ठ » अन्तर्राष्ट्रियसिरियामा जारी द्वन्द्व अन्त्य गर्न विश्वका विभिन्न राष्ट्र सहमत

सिरियामा जारी द्वन्द्व अन्त्य गर्न विश्वका विभिन्न राष्ट्र सहमत

October 31, 2015१०२ पटक

कात्तिक १४ – सिरियामा जारी द्वन्द्व अन्त्य गर्न विश्वका विभिन्न राष्ट्र सहमति भएका छन् । सिरियामा राष्ट्रपति बसर अल असदको समर्थन र विपक्षमा सहयोग गर्दै आएका राष्ट्रहरु जारी द्वन्द्व अन्त्य गर्न सहमत भएका हुन् । तर राष्ट्रपति असदको भविष्य कस्तो हुने भन्ने बारेमा भने सहमति जुटेको छैन ।

अस्ट्रियाको भिएनामा भएको बहुपक्षीय वार्तामा द्वन्द्व अन्त्य गर्ने सहमति भएपनि राष्ट्रपति असदको भविष्यका बारेमा भने सहमति जुट्न नसकेको हो । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले भविष्यको राष्ट्रपति को हुने भन्ने सिरियाका नागरिकले तय गर्ने बताउनुभयो । अमेरिकाका विदेशमन्त्री जोन केरीले सिरियाप्रति अमेरिकाको नीति परिवर्तन नभएको र आफूहरु असहमतिका बीच सहमतिमा पुगेको बताउनुभयो । उहाँले राष्ट्रपति असदले सिरियाली नागरिकको प्रतिनिधित्व गर्न तथा सरकार चलाउन नसक्ने कुरामा जोड दिनुभयो ।

रुस राष्ट्रपति असदको पक्षमा छ भने अमेरिकासहितका देश असदले नागरिकको पक्षमा काम गर्न नसक्ने भन्दै उनको विकल्प खोज्नु पर्ने पक्षमा छ । सम्मेलनले राष्ट्रसंघसँग सिरिया सरकार  विपक्षीबीच राजनीतिक वार्ताको पहल गर्न आग्रह गरेको छ । अमेरिका, रुस, इरान सहतिका देशको बहुपक्षीय वार्ता दुई हप्तापछि फेरि हुनेछ ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण