विष्टलाई नहटाउन आदेश
काठमाडौँ–सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन हाललाई यथास्थानमा राख्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सदस्यसचिव विष्टलाई हटाउने अख्तियारको आदेश तत्काल कार्यान्वयन नगर्न शुक्रबार अन्तरकालीन आदेश जारी गरेको हो । विष्टले अख्तियारको निर्णयविरुद्ध असोज १८ गते दायर गरेको रिटमाथि पहिलो सुनुवाई गर्दै सर्वोच्चले दुवै पक्षको बहसपछि निर्णय गर्नुपर्ने देखिएको जनाएको छ ।
अख्तियारले भदौ २५ गते विष्टलाई सदस्यसचिवबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो । अख्तियारको निर्देशनबमोजिम तपाईंलाई किन बर्खास्त नगर्ने भन्दै खेलकुद मन्त्रालयले असोज १३ गते विष्टलाई स्पष्टीकरण सोधेको थियो । अख्तियारको आदेशविरुद्ध विष्टले सर्वोच्चमा रिट हालेका थिए ।
दसैं अगाडि नै रिट दर्ता गरिएको भए पनि बिदाका कारण शुक्रबार मात्रै यसमा सुनुवाइ भएको थियो । सदस्यसचिव विष्टको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, सुशील पन्त, टीकाराम भट्टराई, रमेश बडाल, तुलसी थापालगायतले बहस गरेका थिए ।
पूर्वप्रधानमन्त्री सुशील कोइरालालको दबाबपछि राजीनामा दिएका खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नियुक्ति दिँदा आर्थिक अनियमितता गरेको अख्तियारको आरोप छ ।नागरीकमा खबर छ ।