सुनको भाउ फेरि घट्यो
१४ कात्तिक, काठमाडौं ।
अन्तर्राष्ट्रिय बजारमूल्यलाई पछ्याउँदै स्थानीय बजारमा पनि उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको भाउ शुक्रबार पनि घटेको छ । शुक्रबार प्रतितोला सुनको भाउ ४ सय तथा चाँदीको भाउ ५ रुपैंयाँले घटेको हो ।
यसअनुसार प्रतितोला छापावाल सुन ५० हजार ६ सय, तेजावी सुन ५० हजार ३ सय ५० तथा चाँदी ७ सय १५ रुपैंयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन प्रतितोला सुनको भाउ २ सय तथा चाँदीको भाउ ५ रुपैंयाँले घटेको थियो ।
त्यसअनुसार प्रतितोला छापावाल सुन ५१ हजार, तेजावी सुन ५० हजार ७ सय ५० तथा चाँदी ७ सय २० रुपैंयाँमा कारोबार भएको थियो ।