गृहपृष्ठ » पत्रपत्रीका, मनोरञ्जन, मुख्य समाचारकेटाकेटीजस्ती छिन् जल शाह

केटाकेटीजस्ती छिन् जल शाह

October 31, 2015६९० पटक

अभिनेताको सम्झना
सरोज खनाल, अभिनेता

जल शाहले पहिलो फिल्म ‘निर्मोही’मा मसँगै काम गरेकी हुन् । त्योबाहेक अर्को फिल्ममा हामीले सँगै काम गरेनौँ । ‘निर्मोही’मा काम गर्दाताका जल मलाई एकदमै बच्चाजस्तो लागेकी थिइन् । उनको ‘बिहेभ’ ‘चाइल्ड्स’ खालको थियो ।

फिल्मका लागि किस सिन दिनुपर्ने हुन्छ । ‘निर्मोही’मा पनि उनले मलाई किस गर्नुपर्ने सिन थियो । तर, उनी किस गर्न मान्दै नमान्ने, ‘नाइँ हुँदैन’ भन्दै जिद्दी गर्ने ‘कि त तिमी यो फिल्डमा आउनुहुँदैनथ्यो, आइसकेपछि यस्ता स–साना कुरामा जिद्दी गर्न हुँदैन ।

मलाई नछोईकन किस गरेजस्तो गरे पनि उतापट्टिबाट क्यामेराले खिच्दा दर्शकले तिमीले मलाई गालामा चुमेको देख्छन् । तिमीले मलाई छोए पनि नछोए पनि किस गरेको देखिन्छ । त्यही भएर किस किन गर्दिनौ ? गर, केही हुँदैन । यो कुनै ठूलो कुरा नै होइन,’ मैले सम्झाएको थिएँ । एकदमै लाज मान्थिन्, उनी ।
नयाँपत्रिकाबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण