गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारउत्तर प्रदेशका आठ मन्त्री बर्खास्त

उत्तर प्रदेशका आठ मन्त्री बर्खास्त

October 31, 2015१७४ पटक

लखनउ-भारतको उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले बिहीबार आफ्ना आठ मन्त्रीलाई निकालेका छन् । उनले अन्य नौ मन्त्रीको जिम्मेवारीमा पनि फेरबदल गरेका छन् । बिहीबार बर्खास्तमा परेका मन्त्रीहरूमा शिवकुमार बेरिया, भागवतशरण गंगवर, अम्बिका चौधरी, अरिदामान सिंह, आलोककुमार शाक्य, योगेशप्रताप सिंह, शिवकान्त ओझा र नारद राई छन् । मन्त्रिपरिषद् विस्तार आउँदो शनिबार हुने बताइएको छ । ‘अखिलेश यादव सरकारले मन्त्रिपरिषद्का पाँच मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेको हो,’ समाजवादी पार्टीका प्रवक्ताले भने । मुख्यमन्त्री यादवको यो कदमले सरकारमा उनको बलियो कमान्ड रहेको देखाउने समाजवादी पार्टीले अपेक्षा गरेको छ । ‘यसले उत्तर प्रदेश सरकारमाथि उनको नियन्त्रण छैन भन्नेहरूलाई बलियो सन्देश दिनेछ,’ प्रवक्ताले अगाडि भने । उत्तर प्रदेशमा सन् २०१७ मा विधानसभाको चुनाव हुँदै छ । विहार चुनाव निचोडमा पुग्नै लाग्दा बुधबार अखिलेशले राज्यको मन्त्रिपरिषद्लाई विस्तार गर्ने संकेत दिएका थिए । ‘विहार चुनाव त सकियोस्,’ मन्त्रिपरिषद् फेरबदलबारे सोधिएको प्रश्नमा उनले भनेका थिए । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न मुख्यमन्त्री यादवले बुधबार गभर्नर राम नायकसँग भेट गरेका थिए । उत्तर प्रदेशमा अधिकतम ६० जना मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । अहिले मन्त्रिपरिषद्मा २४ मन्त्री र चार राज्यमन्त्रीसहित २६ मन्त्री छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण