गृहपृष्ठ » मुख्य समाचार, समचारअसिना पिडितद्धारा राहात माग

असिना पिडितद्धारा राहात माग

October 31, 2015१४१ पटक

खोटाङको पूर्वी गाविस नेर्पाका असिना पीडित स्थानिय कृषकले राहतको माग गरेका छन् । गत कात्तिक ६ गते वर्षासँगै परेको असिनाले सयौँ हेक्टरमा लगाइएको धान नष्ट बनाएको भन्दै असिना पीडितले जिल्ला प्रशासन कार्यालयमा आएर राहत माग गरेका हुन् ।
पाक्न लागेको धान असिनाले हिर्काएर झारीदिएपछि नेर्पाका पीडित किसानले क्षतिको उचित अनुगमन मूल्याङ्कन गरी उचित राहतको व्यवस्था गर्न कृषि कार्यालय र जिल्ला दैवीप्रकोप उद्धार समितिसमक्ष माग राखेका छन् । असिनाले ५९ किसानको ६ सय १५ मुरी धान नष्ट बनाएको प्रारम्भिक अनुमान गरिएको शिखर जनउत्थान कृषक समूह नेर्पा–८ का अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण