गृहपृष्ठ » खेलकुद, मुख्य समाचारफ्रेञ्च लिग वान फुटबलमा पिएसजीको १० अंक

फ्रेञ्च लिग वान फुटबलमा पिएसजीको १० अंक

October 31, 2015२२७ पटक

फ्रेञ्च लिग वान फुटबलमा पिएसजीले १० अंकको अग्रता कायम गरेको छ । गतराति भएको खेलमा रेनलाई १–० ले हराउँदै लिग लिडर पिएसजीले १० अंकको अग्रता बनाएको हो ।
पिएसजीको जितमा ७५ औं मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो । यही सिजन पिएसजी गएका डि मारियाले यो सिजनमा अहिलेसम्म तीन गोल गरेका छन् ।
शीर्ष स्थानमा रहेको पिएसजीको १२ खेलबाट ३२ अंक भएको छ । दोस्रो स्थानको एन्गर्सको ११ खेलबाट २२ अंक रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण