गृहपृष्ठ » खेलकुद, मुख्य समाचारस्पेनिस ला लिगा फुटबल अन्तर्गत मड्रिड डिप्रोटिभो ला कोरुनासँग बराबरीमा

स्पेनिस ला लिगा फुटबल अन्तर्गत मड्रिड डिप्रोटिभो ला कोरुनासँग बराबरीमा

October 31, 2015२३५ पटक

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा एथ्लेटिको मड्रिड डिप्रोटिभो ला कोरुनासँग बराबरीमा रोकिएको छ । डिप्रोटिभो ला कोरुनासँग १–१ को बराबरीमा रोकिँदै एथ्लेटिको मड्रिडले शीर्ष स्थानमा उक्लिने मौकासमेत गुमाएको हो । ३४ औं मिनेटमा थिएगो सिल्भाले गोल गर्दै एथ्लेटिकोलाई सुरुवाती अग्रता दिलाए पनि अग्रता जोगाउन नसक्दा खेलको ७७ औं मिनेटमा लुकासले डिप्रोटिभोका लागि बराबरी गोल फर्काएका थिए ।
एथ्लेटिको मड्रिड १० खेलबाट २० अंक सहित तेस्रो स्थानमा छ । ९ खेलबाट २१ अंक जोडेको रियल मड्रिड पहिलो स्थानमा छ । समान खेलबाट समान अंक जोडेको बार्सिलोना भने दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण