गृहपृष्ठ » खेलकुद, मुख्य समाचारनेपाली खेलाडी मुक्ति सङ्ग्राम विष्ट विश्व कराते च्याम्पियनसिपमा प्रथम

नेपाली खेलाडी मुक्ति सङ्ग्राम विष्ट विश्व कराते च्याम्पियनसिपमा प्रथम

October 31, 2015२०२ पटक
कराते खेलाडी मुक्ति सङ्ग्राम विष्टले अमेरिकाको बाल्टिमोरमा आयोजित ब्याटल अफ बाल्टिमोर विश्व कराते च्याम्पियनसिप–२०१५ मा प्रथम स्थान हासिल गरेका छन् ।
गत असोजको अन्तिम सातामा भएको उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका १५ खेलाडीलाई पछाडि पार्दै उनले प्रथम स्थान हासिल गरेका हुन् । विष्टले आज यहाँ पत्रकार सम्मेलन गरी यो आफ्नो खेल जीवनकै महत्वपूर्ण उपलब्धि भएको बताए ।
दुई दिने उक्त प्रतियोगिता असोज २९ र ३० गते सञ्चालन भएको थियो । विसं २०३२ वैशाख १५ गते चितवनमा जन्मेका विष्ट खेल क्षेत्रमा आफूलाई परिचित गराउने उद्देश्यले २०४६ सालदेखि क्योकुशिन करातेमा लागेका हुन् ।
उनले सन् १९९५ मा काठमाडाँैमा सम्पन्न एसियन गेम अफ क्योकुशिन कराते च्याम्पियनसिपमा भाग लिनुका साथै इटालीमा आयोजना भएको वाको विश्व किक बक्सिङ च्याम्पियनसिप– २००२ र अमेरिकामा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप– २००३ तेस्रो स्थान हासिल गरेका थिए ।
त्यस्तै, अमेरिकामा भएको मेरिल्यान्ड युएसए खुला कराते प्रतियोगिता–२००३ मा दोस्रो तथा सन् २००९ मा अमेरिकामै आयोजित मर्सर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा प्रथम स्थान हात पारेका थिए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विदेशमा रहेर पनि खेलकुदको माध्यमबाट राष्ट्रको नाम उच्च राख्नु गौरवको कुरा भएको बताए ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण