शनिबारदेखि आधा सिलिन्डर ग्याँस बाँड्न थालियो
उपभोक्ताले नजिकका डिपोबाट ७ सय रुपैयाँमा ७.१ किलो ग्याँस भरिएको सिलिण्डर पाउने छन् । ग्याँस डिपोहरुमा दुई दिन अघिदेखि उपभोक्ताको भीड लागेको थियो ।
भारतले लगाएको नाकाबन्दीका कारण ग्याँसको चरम संकट भएपछि सरकारले शनिबारदेखि आधा सिलिन्डर ग्याँस बिक्री सुरु गरेको हो ।
राजधानीको ग्याँसको माग सम्बोधन गर्नका लागि वीरगञ्जबाहेक अन्य नाकाबाट छिटपुटरुपमा भित्रिएका बुलेटलाई काठमाडौं ल्याइएको आयल निगमले जनाएको छ ।