गृहपृष्ठ » मुख्य समाचार, समचार‘केरुङबाट ‘फूल ट्यांक’ पेट्रल ल्याउन सकिँदैन’

‘केरुङबाट ‘फूल ट्यांक’ पेट्रल ल्याउन सकिँदैन’

October 31, 2015१६६ पटक

१४ कात्तिक, काठमाडौं । चिनियाँ अनुदानको पेट्रोलियम पद्धार्थ लिन केरुङ गएका ट्यांकर चालकहरुले बाटो अफ्ठ्यारो भएको भन्दै ट्यांकरको क्षमताअनुसार अर्थात् फुल ट्यांक बोक्न नसक्ने बताएका छन् ।

नेपालतर्फको बाटो खराब भएको भन्दै ड्राइभरहरुले नेपाल आयल निगमका प्रवक्ता दिपक बरालसँग फूल ट्यांक अपलोड नगर्ने बताएका हुन् । शनिबारमात्रै अनुदानको तेल भर्न ३ वटा ट्यांकर केरुङ प्रबेस गरिसकेका छन् ।

४ वटा ट्यांकर केरुङ प्रवेस गरे थिए तर चिनियाँ पक्षले शनिबार ३ वटालार्इमात्रै  अर्थात् २० टन तेल भर्ने जनाएपछि एउटा ट्यांकर फर्किएको हो । शनिबार तेल भरेका तीन वटा ट्यांकर भने अाइतबार साँझसम्ममा काठमाडाैं अाइपुग्ने छन् ।आयल निगमले १२ वटा ट्यांकर पठाएको भएपनि चिनियाँ पक्षले बाँकी ट्यांकरमा आइतबार मात्रै तेल अपलोड गर्ने भनेपछि आठ वटा ट्यांकर नाकाभन्दा केही वर बसेका छन् ।

ड्राइभरले फूट ट्यांक अपलोड गर्न नसक्ने बताएपछि केरुङ पुगेका ट्यांकरहरुल क्षमताभन्दा कम मात्रै तेल लिएर आउने भएका संभावना बढेर गएको छ ।

निगमले प्रति ट्यांकर १२ हजार किलोलिटर क्षमताका ट्यांकर पठाएको भएपनि ड्राइभरहरुको आग्रहृका कारण ८ देखि १० हजार किलोलिटरमात्रै अपलोड गर्ने संभावना बढेको हो ।

नेपालतर्फ करिब १० किलोमिटर कच्ची सडक छ बाँकी पीच सडक पनि अत्यन्तै साँघुरो भएकाले ठूला ट्यांकरलाई समस्या भएको हो । ‘केही ठाउँमा बाटो निकै खराब छ । बाटो नबनाइकन तेल ल्यामउन समस्या छ ।’ आयल निगमका प्रवक्ता दिपक बरालले भने- सरकारले कूल मागको एक तिहाइ चनीबाट आयात गर्ने सम्झौता गरिसकेकाले पक्कै पनि तत्कालै बाटो बनाउन पहल गर्ने छ ।’

 

बाटो बनिसकेपछि भने चाहेजति पेट्रोल ल्याउन सक्ने बरालले जानकारी दिए । नेपालले चार दशक लामो भारतीय एकाधिकार तोड्दै यसैहप्ता मात्रै चीनबाट पेट्रोलियम पद्धार्थको किन्ने सम्झौता गरेको छ ।

केही समयभित्रै दुई देशबीच तेलको किनबेचको व्यावसायिक सम्झौता हुँदैछ । चीनले केरुङको बाटो हुँदै नेपालमा पेट्रोलियम पद्धार्थ बेच्ने जनाएको छ ।

यद्यपि सानो बाटो भएकाले तत्काल यो नाकाबाट काठमाडौं उपत्यकाको माग सम्बोधन गर्नेगरी मात्रै पनि तेल आउन सक्ने अवस्था भने छैन । तर, भारतले नाकाबन्दी लगाइरहेका बेला चीनबाट पेट्रोल भित्रन थाल्नुले भने ‘साइकोलोजिकल’ रुपमा ठूलो अर्थ राख्छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण