गृहपृष्ठ » मुख्य समाचार, राजनीतिउपराष्ट्रपति निर्वाचनमा ५४६ मत खस्यो, गणना केहीबेरमा

उपराष्ट्रपति निर्वाचनमा ५४६ मत खस्यो, गणना केहीबेरमा

October 31, 2015१३६ पटक

१४ कात्तिक, काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा ५४६ मत खसेको छ । केहीबेरमा मत गणना सुरु हुनेछ । मतदान लगभग सकिएको र ५४६ मत खसेको सत्तारुढ उम्मेदवारका प्रतिनिधि एमाले सभासद रेवतीरमण भण्डारीले जानकारी दिए ।

राष्ट्रपति चुनावमा ५४९ मत खसेको थियो । तर, यो पटक तीन मत कम परेको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि विद्या भण्डारीले सांसद पदबाट राजीनामा दिइसकेकी छन् ।

एमालेका सभासद प्रभादेवी बज्रचार्य पार्टीलाई जानकारी गराएरै विदेश भ्रमणमा गएका छन् । राष्ट्रपति चुनावमा मतदान गरेकी माधवी रानी साह यो पटक मतदानमा सहभागी भइनन् ।

यसअघि राष्ट्रपति चुनावमा भाग नलिएको मधेसी मोर्चाका सभासदहरु उपराष्ट्रपति निर्वाचनमा पनि अनुपस्थित भएका छन् ।

उपराष्ट्रपतिका लागि सत्तारुढ गठवन्धनका नन्दकिशोर पुन पासाङ र कांग्रेसका अमियकुमार यादव चुनावी मैदानमा छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण