गृहपृष्ठ » मुख्य समाचार, समचारबढी र पहिरोको कारण पर्बतका स्थानीयहरु अनिदै रात काट्न बाध्य ।

बढी र पहिरोको कारण पर्बतका स्थानीयहरु अनिदै रात काट्न बाध्य ।

August 4, 2015५२१ पटक

१९ साउन, पर्वत पर्वत जिल्लाको दोबिल्लाबासी बर्षासँगैको बाढी र पहिरोको त्रासका कारण रातभर जाग्राम बस्न बाध्य भएका छन् । खोला किनारको बजारमा माछाको ब्यबसाय गरेर जीबिकोपार्जन गर्दै आएका रती र मोदीखोलामा बुधबार राती आएको साठी बर्ष यताकै सबैभन्दा ठुलो बाढीले बजार बगाउने अवस्था आएपछि त्यहाँका बासिन्दा बाढीको त्रासमा जाग्राम बस्न बाध्य भएका हुन् । रात परेपछि मोदीखोला पारीको जमिनमा गएर रात काट्ने गरेको स्थानिय दिपक केसीले बताए । २०१४ साल साउन २० गते तीन वटै खोलामा आएको बाढीले दोबिल्ला बजार बगाएको थियो । त्यसको ५८ बर्ष पछि फेरी त्यस्तै बाढी गत बुधवार राति आएपछि बजार बगाउने चिन्तामा दोबिल्लाबासी छन् । बुधबार राती रतीखोलामा आएको बाढीले पुर्बतर्फ बजारको धेरै भाग कटान गरेको छ भने मोदीखोलाले पश्चिम भाग पुरै कटान गरेको छ । ‘रतीखोलामा जस्तै जहरेखोलामा पनि बाढी आएको भए बजार बगरमा परिणत हुन्थ्यो’ स्थानिय तीर्थकुमारी क्षेत्रीले भनिन् ‘अहिले पनि कतिबेला यसरी नै बाढी आउँछ भनेर निदाउन सकेका छैनौ’ । दोबिल्ला बजारमा कुस्मा नगरपालिका १२ तर्फ आधा दर्जन घर छन्भने कुस्मा नगरपालिका १८ को पकुवातर्फ २ घर छन् । तीनवटै खोलाको संगममा पर्ने तिलाहार–१ मा पनि थुप्रै घर छन् । सबैभन्दा बढी जोखिममा यही दोबिल्लाका घर परेका छन् । उनीहरुले बाढीले जुनसुकै बेला पनि बाढीले बजार बगाउने भएकाले तटबन्ध निर्माण गर्न माग गरेका छन् । ‘रती र मोदीखोलाले कटान गरेको ठाउँमा तारजाली लगाउनुपर्छ’ स्थानिय पुर्ण तुलाचनले भने, ‘तटबन्ध नलगाउने हो भने यो बर्खायाममा नै दोबिल्ला बगाउँछ ।’ रती खोलामा आएको बाढीले कटान गर्दा दोबिल्ला र पकुवा जोड्ने झोलुङ्गपुल समेत जोखिममा परेको छ । पुलको दोबिल्ला तर्फको भाग तलबाट खोलाको कटानमा परेकाले पुल वारपार गर्दा जुनसुकै बेला भत्कने अवस्थामा छ । यो पुलबाट पकुवा, तिलहार, आर्थरडाडाँखर्क, राम्जादेउराली, ठुलिपोखरी र खौला गाबिसका बासिन्दा सदरमुकाम र पक्की सडकसम्म आउनका लागि ओहोर दोहोर गर्छन् । दैनिक हजारौ यात्रुु ओहोरदोहोर गर्ने पुल संरक्षणका लागि तत्काल काम थाल्नुपर्ने स्थानीयको माग छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण