गृहपृष्ठ » मुख्य समाचार, समचारविदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

November 1, 2015१५२ पटक

Guddu-Gupta

१५ कात्तिक, नवलपरासी । जिल्लाको रामग्राम नगरपालिका ७ स्थित उजैनी चोकबाट विभिन्न देशका मुद्रासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला महाराजगंज ग्राम राजावारी घर बताउने गुड्डु गुप्ता छन् ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासीबाट खटिएको एपीएफ टोलीले लु. १९ प १५७१ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका गुप्तालाई जाँच गर्नेक्रममा विभिन्न देशका मुद्रासहित पक्राउ गरेको हो ।

गुप्ताको स भारतीय रुपैयाँ ३ लाख ६ हजार ८ सय, अमेरीकी डलर २३ सय ८६, जापानी येन १ लाख १० हजार, युएई डलर २६ सय ३०, साउदी रियाल २४ सय ८५, कुवेती दिनार ६ सय, युरो ४ सय ७०, कतारी रियाल ६ सय ७१, हङकङ डलर ६ सय, थाई भाट ३ सय ९०, ओमन रियाल ३ सय १७ र नेपाली २ सय ३० रुपैयाँ बरामद भएको छ ।

एपीएफ टोलीले गुप्ताले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरेको छ । बरामद मुद्रा तथा मोटरसाइकलसहित गुप्तालाई राजश्व अनुसन्धान विभाग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलमा बुझाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण