गृहपृष्ठ » अार्थिक, समचारनिगमले बुझायो ३ करोड ६४ लाख राजश्व धरौटी, १२ ट्यांकर तेल काठमाडौं आउँदै

निगमले बुझायो ३ करोड ६४ लाख राजश्व धरौटी, १२ ट्यांकर तेल काठमाडौं आउँदै

November 1, 2015२१४ पटक

१५ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले चीनबाट आउने अनुदानको पेट्रोलको लागि एकैपटक धरौटी राजश्व बुझाएको छ ।

12065616_1108993635790925_7440099184553019215_n

निगमले एकैपटक ३ करोड ६४ लाख रुपैयाँ बराबरको धरौटी रकम बुझाएको निगमका निमित्त निर्देशक नागेन्द्र साहले जानकारी दिए । चीनबाट आउने १३ लाख लिटर अर्थात १ हजार मेटि्रक टनका लागि धरौटी राजश्व रुसुवागढी भन्सार कार्यालयको खातामा जम्मा गरिएको हो ।

हिजो शनिबार नै केरुङबाट रुसुवागढी आएका निगमका ३ ट्याकंरको भन्सार जाँचपासमा ढिलाइ भएको र रसुवामा बैंकिङ प्रणाली केही असहज देखिएकाले एकैपटक धरौटी बुझाइएको साहले बताए ।

आयल निगमले अनुदानको तेलको भन्सार छुटका लागि आवश्यक कागजात पेश नगरेका कारण धरौटी मागिएको भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले बताए । ‘अर्थ मन्त्रालयले भन्सार छुटको निर्णय गरेको कागज बिना भन्सार छुट हुन सक्दैन । पछि फिर्ता हुन सक्ने गरी धरौटी राजश्व लिएका हौं’-ढुंगानाले भने ।

आइतबार बेलुकीसम्म ९७ हजार पेट्रोल भन्सार पास भएको छ । केरुङबाट तेल भरेर १२ वटै ट्यांकर टिमुरे आइपुगेका छन् । आज बिहान गएका ९ वटा ट्यांकर पनि केरुङबाट तेल लोड गरेर फर्किएका छन् ।

सबै ट्यांकरहरु अहिले धुन्चे आउँदै गरेको रसुवाका प्रहरी उपरीक्षक अवदेश विष्टले जानकारी दिए । सडकका कारण ट्यांकरहरुलाई आइतबार राति नै काठमाडौं पठाउन गाह्रो हुने उनले बताए । तर, चालकहरु तयार भए ट्यांकरलाई सुरक्षाका साथ लगिने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण