गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारगोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने

November 1, 2015२२६ पटक

Puspa-Mela-final

१५ कात्तिक, काठमाडौं । गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यसवर्ष पनि हुने भएको छ । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले कात्तिक १९ देखि २२ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा प्रदर्शनी गर्न लागिएको हो ।

कृषि विभाग, कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमको आयोजना तथा फ्लोरिकल्चर एशोसिएसन नेपालको सह-आयोजना नजिकिदै गरेको तिहार पर्वलाई लक्षित गरी प्रतियोगिता सहितको प्रदर्शनी गर्न लागिएको आइतबार राजधानीमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नारा सहित प्रदर्शनी गर्न लागिएको मेलका संयोजक दिलिप वादेले जानकारी दिए । मेलामा व्यवसायिक, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टलसहित ३६ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।

गोदावरी फूलको विभिन्न प्रजातीका फूलहरुका साथै अन्य फूल बिरुवा समेत प्रदर्शनीमा राखिने छ । बजारमा पुष्प तथा पुष्पजन्य वस्तुको मागमा प्रत्येक वर्ष १० देखि १५प्रतिशतका दरले बृद्धि भइरहेकाले मेलाले थप उपभोक्ता आकषिर्त गर्ने अपेक्षा आयोजकको छ ।

यस्तै बैशाखको बिनासकारी भूकम्प, तराई आन्दोलन, भारतको अघोषित नााकाबन्दीका पुष्प व्यवसायमा परेको असर हटाउन पनि मेलाले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

गत वर्षसम्म नेपालका ३८ जिल्लामा ६ सय ७५ पुष्प र्फम तथा नर्सरीहरु बिस्तार भईसकेका छन् । लगभग १ सय ४१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१ हजार भन्दा बढी व्यक्ति आश्रति रहेको संयोजक वादेले पत्रकार सम्मेलनमा जानकारी दिए । २०६४ सालदेखि गोदावरी फूलको मेला हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण