गृहपृष्ठ » अार्थिकग्लोबल बैंक र कोरियाको इन्डष्ट्रियल बैंकबीच सम्झौता

ग्लोबल बैंक र कोरियाको इन्डष्ट्रियल बैंकबीच सम्झौता

November 1, 2015१७१ पटक

१५ कात्तिक, काठमाडौं । कोरियामा कार्यरत नेपालीहरुलाई सहजरुपमा रेमिट्यास पठाउन ग्लोबल आइएमइ बैंकले कोरियाको सरकारी बैंक इन्डष्ट्रियल बैंक अफ कोरियासँग रेमिट्यान्स कारोबार गर्ने सम्झौता गरेको छ ।

Global ime bankसम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावली र इन्डष्ट्रियल बैंक अफ कोरियाका जेनेरल म्यानेजर ली डोङ्ग जियोपले हस्ताक्षर गरे । हाल नेपालीहरुको बाक्लो उपस्थिति रहेको कोरियामा यस रेमिट्यान्स सेवाबाट रकम पठाउन छिटो र सरल हुने विश्वास गरिएको छ ।

सम्झौताअनुसार कोरियामा स्थित इन्डष्ट्रियल बैंक अफ कोरिया को ६४४ वटा शाखा कार्यालयबाट सीधै ग्लोबल आइएमइ बैंकमा रहेको आफ्नो खातामा रेमिट्यान्स पठाउन सकिने छ र पठाएको रकम ग्लोबल आइएमइ बैंकको ८८ वटा शाखा कार्यालयबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमइ बैंकले आफनो स्थापना कालदेखि नै कतार, युएइ, बहराइन, इण्डिया, कोरिया, जापान, अष्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकहरुको बैंक र एक्स्चेन्ज हाउसहरुसँगको सहकार्यमा रेमिट्यान्स कारोवारलाई विशेष प्राथमिकतामा राखि सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण