गृहपृष्ठ » मनोरञ्जन‘साहरुख र काजोलको तुलना कसैसँग हुन सक्दैन’: रणवीर कपुर

‘साहरुख र काजोलको तुलना कसैसँग हुन सक्दैन’: रणवीर कपुर

November 1, 2015२६२ पटक

srk-kajol-ranbir-deepika
बलिउड नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको जोडीलाई अहिले नयाँ साहरुख खान र काजोलको रुपमा चर्चा गर्न थालिएको छ । जसरी बलिउडमा साहरुख र काजोलको जोडी हिट छ त्यसरी नै दीपिका र रणवीरको जोडी हिट भैरहेकाले यो तुलना गर्न थालिएको हो ।

नायिका काजोलले यस बारेमा आफूले केही नभन्ने बताइसकेकी छिन् । उनले यो कुरा रणवीर र दीपिकालाई सोध्न आग्रह गरेकी थिइन् ।

चलचित्र ‘तमाशा’को पत्रकार सम्मेलनमा नायक रणवीर कपुरलाई यो प्रश्नको सामाना गर्नुपर्‍यो । लण्डनमा रहेका रणवीरले स्काइपबाट पत्रकारको प्रश्नको जवाफ दिएका थिए । उनले भने-‘मलाई लाग्दैन कि साहरुख र काजोलको जोडीको तुलना कसैले गर्न सक्छ ।’ उनले साहरुख र काजोलको जोडीको तुलना कसैसँग हुन नसक्ने स्पष्ट पारे ।

उनले आफूहरुलाई दर्शकले रणवीर र दीपिका नै भनेर सम्बोधन गरिदिए हुन्छ भनेका छन् । निरन्तर करिअर खस्किरहेको अवस्थामा रणवीर ‘तमाशा’ चलचित्रबाट आशावादी छन् । यो चलचित्रमा उनलाई उनकी पूर्व प्रेमिका दीपिका पादुकोणले साथ दिएकी छिन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण