गृहपृष्ठ » समाचारहरुपाखुरामा ११ कोठी, क्यान्सरको खतरा

पाखुरामा ११ कोठी, क्यान्सरको खतरा

November 1, 2015१९६ पटक

Kothi
एक अध्ययन अनुसार पाखुरामा ११ भन्दा बढि तिलकोठी हुनुले गम्भीर किसिमको छालाको क्यान्सरको खतरा बढाउँछ ।

बेलायती पत्रिका डर्माटोलोजीमा प्रकाशित शोध अनुसार एउटै पाखुरामा ११ भन्दा बढि कोठी हुनु छालाको क्यान्सर अर्थात् मेलोनोमाको खतराको लक्षण हुनसक्छ ।

२ सय जना जुम्ल्याहा महिलामा गरेको अध्ययनको आधारमा शोधकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

साथै जिउका तिलकोठीका आधारमा स्तन क्यान्सरको गम्भीर खतराको समेत पहिचान गर्न सहयोग मिल्ने शोधकर्ताहरुको भनाइ छ ।

लण्डनस्थित किंग्स कलेजका शोधकर्ताहरुले जुम्ल्याहा महिलाहको एक समूहमा ८ वर्षसम्म अध्ययन गरे । त्यसक्रममा उनीहरुले ती महिलाहरुको छालाको प्रकार, सरीरमा रहेका तिलकोठी लगायतका विषयमा विभिन्न तथ्यहरु संकलन तथा विश्लेषण गरे ।

कलेजका टि्वन रिसर्च एण्ड जेनेटिक इपिडिमियोलोजी विभागका सिमोन रिबेरोका अनुसार यो अध्ययनबाट प्राप्त नतिजालेे क्यान्सरको सुरुवाती पहिचानका लागि ठूलो मद्दत मिल्नेछ ।

शोधकर्ताहरुले ४ सय जना पुरुष तथा महिलाहरुको एक अर्को समूहमा पनि अध्ययन गरेका थिए । जसबाट छालाको क्यान्सरको खतराका विषयमा जान्ने सजिलो तथा छिटो तरिकाका विषयमा जानकारी प्राप्त भएको छ ।

शोध अनुसार यदि महिलाको दाहिने पाखुरामा सातवटा तिलकोठी छन् भने उनमा छालाको क्यान्सर हुने जोखिम सरीरका अन्य भागमा ५० वटा कोठी हुनुभन्दा पनि नौ गुणा बढि हुन्छ ।

यदि दाहिने पाखुरामा ११ वटा तिलकोठी भएमा जिउका अनय भागमा १ सय वटा कोठी हुने भन्दा पनि छालाको क्यान्सरको जोखिम सबैभन्दा बढि हुन्छ ।

पाखुरामा तिलकोठी बढि हुने मानिसमा छालाको क्यान्सरको जोखिम उच्च हुने देखिएको भएपनि यसको कारण भने पत्ता लागेको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण