गृहपृष्ठ » मनोरञ्जनअमेरिकामा जलसँग राजेश हमाल, मोटाइन् ‘अवतार’ नायिका

अमेरिकामा जलसँग राजेश हमाल, मोटाइन् ‘अवतार’ नायिका

November 1, 2015२४५ पटक

rajesh-and-jal-sha
अमेरिका पुगेका नायक राजेश हमाल नायिका जल शाहसँग देखिएका छन् । नायक राजेश हमाल र जल शाहको जोडी नेपाली चलचित्र क्षेत्रमा कुनै बेला चर्चित थियो । यो जोडीले केही सफल चलचित्र पनि दिएका थिए । तर, चलचित्र क्षेत्र छाडेर अमेरिका हानिएकी जल यसपछि भने खासै चर्चामा छैनन् ।

नायक राजेश हमालले आफू जल शाह रिमालको घरमा पुगेको भन्दै फेसबुकमा उनीसँगको तस्बिर पोष्ट गरेका छन् । हमालसँगै रहेकी जल शाह मोटाएकी छिन् । हुनत, नेपाली चलचित्रमा काम गर्दा नै जल शाह मोटी नै थिइन् ।

नेपाली चलचित्रमा नायिकाले सारी र गुन्यु लगाउँदा जल भने छोटा स्कर्ट लगाएर चर्चामा आएकी थिइन् । यसपटक अमेरिकामा पुगेका नायक हमालले पत्नी मधु भट्टराइलाई भने लगेका छैनन् । दिदी अमेरिकामा नै रहेकाले पनि प्राय भाइटिका लगाउन हमाल अमेरिका जाने गर्दछन् ।

चलचित्र क्षेत्रमा सक्रियता घटेपछि हमाल प्राय विदेशमा नै रमाउन थालेका छन् । बिहे भएको केही महिनापछि विभिन्न देशमा पत्नीलाई लिएर पुग्ने गरेका हमाल पछिल्ला दिनमा भने एक्लै हिडेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण