गृहपृष्ठ » मनोरञ्जनज्योतीको आग्रहः ‘मेरो सेक्सी ड्रेसअप हेरेर मनोरञ्जन लिनुहोस्’

ज्योतीको आग्रहः ‘मेरो सेक्सी ड्रेसअप हेरेर मनोरञ्जन लिनुहोस्’

November 1, 2015२९७ पटक

चर्चा र विवादमा आउन अनेक हर्कत गर्छिन् गायिका ज्योती मगर । ग्ल्यामरस देखिने नाममा हदैसम्म छोटा लुगा लगाउने उनी स्टेजमा कामुक व्यवहार गर्न पनि पछि पर्दिनन् ।

ज्योतीको नग्नता र उत्ताउलोपनको बारम्बार आलोचना हुन्छ, तर त्यसले उनलाई फरक परेको छैन । नकारात्मक होस् वा सकारात्मक उनलाई चर्चामा आउनु छ जसरी पनि । त्यसो त ज्योतीको आलोचना गर्नेहरु पनि टिकट काटेर उनको डान्स हेर्न र यूट्यूवमा खोजी खोजी उनको भिडियो हेर्न पछि पर्दैनन् ।

आफ्नो वारेमा टिकाटिप्पणी गर्नेलाई ज्योतीको आग्रह छ-‘गाली किन गर्नुहुन्छ, बरु मेरो सेक्सी ड्रेसअप हेरेर मनोरञ्जन लिनुहोस् । इन्जोई गर्न सक्नुहुन्न भने मलाई वास्तै नगर्नुस् ।’

आलोचना र विवादसँगै बढ्दो छ ज्योतीको क्रेज । उनले अभिनय गरेका भिडियोले निकै दर्शक बटुलिरहेको पाइन्छ । युट्युबमा अपलोड भएका गीत मात्रै हैन, सुटिङ गर्दाका झलकहरु समेत दुई लाख बढी दर्शकले हेरेका छन् ।

तीन महिना अघि युटुबमा राखिएको ‘ढाडे बिरालो’ बोलको गीत निकै विवादमा आयो । ज्योतीको छोटा लुगा र यौनजन्य संवादहरुले गर्दा उक्त गीतमा विवाद उब्जेको थियो । विवादसँगै गीतका भ्युअर्स पनि ह्वात्तै बढे । अहिलेसम्म १७ लाख ८८ हजार बढी दर्शकले यूट्यूवमा भिडियो हेरिसकेका छन् ।

पाँच महिना अघि युटुबमा अपलोड भएको ‘पिरतीमा दम छ’ बोलको भिडियोलाई पनि यो अवधिमा नौ लाख दर्शकले हेरिसकेका छन् । ज्योती मगरको ‘छोटो सारी’ बोलको अर्को भिडियो पनि १ लाख ५० हजार बढी दर्शकले हेरेका छन् ।

उनीसँग सम्बन्धित कुनै पनि सामग्री यति धेरै हेरिनुको कारण के होला ? ज्योती आफैं भन्छिन्, ‘बजारमा जे बढि बिक्छ म त्यही दिन्छु नी त ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण