हर्षिकालाई फकाउँदै सबिन
काठमाडौं । दयाराम दाहालको निर्देशन रहेको पछिल्लो फिल्म ‘लुटेरा’ को नयाँ गीत सार्वजनिक भएको छ ।
ओह.. डार्लिङ नरिसाउन …बोलको गीतमा सबिन श्रेष्ठ र हर्षिका श्रेष्ठले फिचरिङ गरेका छन् । बसन्त सापकोटाको संगीत रहेको उक्त गीतमा मीलन अमात्य र राजेशपायल राईको स्वर रहेको छ ।
तिहारमा रिलिज हुने भनिएको उक्त सिनेमामा एक्सनलाई विषेश प्राथमिकता दिएको निर्देशक दाहालको भनाई रहेको छ । यस फिल्ममा निखिल उप्रेतीले मुख्य भुमिका निर्वाह गरेका छन् ।