गृहपृष्ठ » खेलकुदम्याच फिक्सिङको आरोपमा पक्राउ खेलाडीलाई थप सात दिन थुनामा राख्न आदेश

म्याच फिक्सिङको आरोपमा पक्राउ खेलाडीलाई थप सात दिन थुनामा राख्न आदेश

November 1, 2015१४८ पटक

 

 

१५ कात्तिक, काठमाडौं । विशेष अदालत काठमाडौंले म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडीहरुलाई थप सात दिन हिरासतमा राख्न आदेश दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । राज्य विरुद्धको अपराधमा मुद्धा दर्ता गरेको प्रहरीले अनुसन्धानका लागि भन्दै आठ दिन समय मागेको थियो ।

तर, बहसपछि विशेष अदालतले सात दिन समय दिएको छ ।

यसअघि विशेष अदालतले पक्राउ परेको मितिले १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले दिएको म्याद शुक्रबार नै सकिएको थियो । तर, शनिबार अदालत विदा भएकाले आइतबार उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ ।

अन्तराष्ट्रिय खेलहरुमा करोडौं पैसा लिएर म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले असोज २७ गते राष्ट्रिय टीमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा र विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण