गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसंसदीय दलको नेताबाट राजीनामा दिन कोइरालालाई दवाव

संसदीय दलको नेताबाट राजीनामा दिन कोइरालालाई दवाव

November 1, 2015१३९ पटक

Sushil Koirala--621x414
काठमाण्डु, १५ कात्र्तिक– नेपाली कांग्रेस केन्द्रीय सदस्यहरुले पार्टी सभापति सुशील कोइरालाको भूमिका कम्जोर भएको भन्दै राजीनामा गर्न दवाव दिएका छन् ।

आइतबार शुरु भएको केन्द्रीय समितिको बैठकमा सबैभन्दा ठुलो दल भएपनि कोइरालाले संसदीय दलको नेताको प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै राजीनामा गर्न दवाव दिएका हुन् ।

केन्द्रीय सदस्य शंकर भण्डारीले सबै भन्दा ठुलो दल प्रतिपक्षमा बसेर साना दलले सरकारको नेतृत्व गर्ने अवस्था आएकाले नैतिकताको आधारमा कोइरालाले राजीनामा दिनुपर्ने बताएका थिए ।

उनले सबै निर्वाचनमा पार्टीको पराजय भएको भन्दै आफू असफल भएको स्वीकार गरेर दलको नेताबाट राजीनामा दिन कोइरालालाई दवाव दिएका थिए ।

‘ठुलो दललाई पाखा लगाएर साना दलले सरकारको नेतृत्व गर्दा दलका नेताको भूमिकामा प्रश्न उठेको छ ।’ भण्डारीले भने, ‘सभापतिले मैदान खाली गरे योग्य व्यक्ति आउँछ ।’
उनले दलका नेताको निस्कृयताका कारण सांसदहरुको भूमिका प्रभावकारी नभएको आरोप लगाए ।

नेता भण्डारीले संसदीय दल कार्यसमिति गठन हुन नसक्नु र उपनेता चयन नभएकाले संसदमा सांसदहरुको भूमिकाको मुल्यांकन नभएको गुनासो गरे ।

भण्डारीले भने, ‘सभासदले के गर्ने भन्ने निर्देशन र भूमिका बारे छलफल भएर नीति बनेको छैन ।’

उनले संसदीय दलको नेता परिवर्तन नभए कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिकासमेत निर्वाह गर्न नसक्ने टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण