गृहपृष्ठ » खेलकुदस्पेनिस लिगमा रियल मड्रिड र बार्सिलोना विजयी

स्पेनिस लिगमा रियल मड्रिड र बार्सिलोना विजयी

November 1, 2015१६४ पटक

Suarez
१५ असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष दुई क्लब रियल मड्रिड र बार्सिलोना विजयी भएका छन् ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले लस पल्मासलाई ३-१ ले हराएको छ । ग्यारेथ बेल र जेम्स रोड्रिग्वेज वना मैदान उत्रिएको रियल मड्रिडले खेलको चौथो मिनेटमा नै इस्कोको गोलबाट अग्रता रिएको थियो ।

१४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरे । ला लिगामा उनको यो आठौं गोल हो । ३८ औं मिनेटमा पल्मासले एक गोल फर्कायो ।

तर, ४३ औं मिनेटमा जोसे गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई ३-१ को अग्रता दिलाए । दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन ।

अर्को खेलमा बार्सिलोनाले भने गेटाफेलाई २-० ले पराजित गर्दै अंक बराबरी गरेको छ । बार्सिलोनाले ३७ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । स्वरेजको यो करियरको ३०० औं गोल समेत हो ।

खेलको ५८ औं मिनेटमा नेयमारले अग्रता दोब्बर पारे । खेलमा थप गोल हुन सकेन र बार्सिलोना २-० ले विजयी भयो ।
जितपछि रियल मड्रिड र बार्सिलेननाको समान १० खेलबाट २४ अंक छ । गोल अन्तरका आधारमा रियल मड्रिड शीर्ष स्थानमा छ भने बार्सिलोना दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण