गृहपृष्ठ » पत्रपत्रीकासिलिण्डरलाई प्रमुख अतिथी बनाएर देउसी !

सिलिण्डरलाई प्रमुख अतिथी बनाएर देउसी !

November 1, 2015१०० पटक

Deusi

हे भन मेरा भाई हो …… भन्दैनौ
के कति खान्छौ. ….. खाँदैनौ
म मागी दिउला….. चाहिदैन
के चाहिन्छ भन…. ईन्धन देउ

अहिले बजारमा सबैभन्दा धेरै माग भएको सामाग्रीनै ग्याँस, पेट्रोल र डिजेल भएकाले काभ्रे बनेपाका स्थानीयले ग्याँसलाई प्रमुख अतिथी र पेट्रोल र डिजेललाई विशिष्ट अतिथी बनाएर देउसी भैलो खेलेका छन् ।

तिहार आउन दुई साता बाँकी रहेपनि जनतालाई परेको सास्तीको सांगेतिक विरोध स्वरुप काभ्रेमा स्थानीयले पोखेको आक्रोश हो यो । एक सिलिण्डर ग्याँसलाई प्रमुख अतिथी, पेट्रोल तथा डिजेललाई विशिष्ट अतिथी बनाएर काभ्रेमा उनीहरुले द्यौसी भैलो आयोजना गरेका थिए । देउसी भेलौमा उनीहरुले आफ्नो आक्रोश यसरी पोखे ।

आयो भन्छन् संविधान जनतालाई खै कहाँ आयो
प्रधानमन्त्री आयो, राष्ट्रपति आयो
जनताले झन सास्ती पायो

प्रमुख अतिथी बनाएको ग्याँस सिलिण्डरमा फुलको माला र खादासँगै प्रमुख अतिथीको व्याच समेत वितरण गरिएपछि उपस्थित भएका स्थानीय एकैछिन अलमलमा परे तर त्यसको अर्थ बुझेपछि आयोजकसँगै देउसी गाउन थालेको राजधानीमा खबर छ ।

काभ्रेको मुख्य बजार बनेपाको तिनदोवाटोमा रहेको न्यू तिमल्सिना जलपान गृहको आयोजना तथा श्रीकृष्ण म्यूजिकको संयोजनमा बिरोध स्वरुप देउसी भैलो आयोजना गरिएको थियोे । द्यौसीभैलोमा ग्याँस नपाएर हैरानीमा परिरहेका स्थानीयको सहभागिता रहेको थियो । उनीहरुले आफ्नो आक्रोश देउसीमै पोखेका थिए ।

उनीहरुले ग्याँस, पेट्रोल, डिजेल, मट्टतिेल, खानेपानी, जिउने खाद्यान्न,ओखती, शान्तिसुरक्षा सरकारलाई दिन माग गरेका थिए । उनीहरुल सबै कुरा अब पाउने आशा समेत गर्दै सरकारसँग सामान्य जनजीवन बनाउन माग गरेका थिए ।

बरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले देउसी भट्टाएर सुरु भएको विरोध कार्यक्रममा आफूले परेको पिरमर्का पोख्न थालेपछि बाटोमा हिडेका यात्रु र चिया पसलमा आएका स्थानीयलेसँगै गित गाएर आफ्नो ऐक्यबद्धता प्रस्तुत गरेका थिए । काभ्रेली गायक रामहरि न्यौपाने, शर्मिला श्रेष्ठ, व्यापारी बद्री तिमल्सिनाले देउसी भट्टाउन थालेपछि जनताले ग्याँसदेखि सागसम्म सहज रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेका थिए ।

कार्यक्रममा सहभागी सन्तोष घिमिरेले आफूहरुले सांगेतिक रुपमा सरकारले जनताको गुनासो सुनोस् भनेर देउसी कार्यक्रम आयोजना गरेको बताए । उनीहरुले सरकार बनेपनि आफूहरुले सहज रुपमा सामाग्री नपाएको भन्दै द्यौसी मार्फत सरकारलाई घकघच्याउने काम गरेका बताए । फरकशैली अपनाएर आफूहरुले सरकारको ध्यान आकृष्ट गराउन देउसी भैलो खेलेका हौ, बद्री तिमल्सिनाले सुनाए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण