गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनाकाबन्दी नेपाल कब्जा गर्ने भारतको खेल: बिजुक्छे

नाकाबन्दी नेपाल कब्जा गर्ने भारतको खेल: बिजुक्छे

November 1, 2015१४३ पटक
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नाकाबन्दी गरेर नेपाल कब्जा गर्न खोजेको बताउनुभएको छ ।
रफत् सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले भारतको नाकाबन्दी नेपालको संविधानमा हेरफेर गरेर नेपालको मुख्य पदमा भारतीयलाई पुर्‍याएर कब्जा गर्न खोजेको बताउनुभयो ।
तराईलाई आफ्नो स्प्रिङबोर्डका रुपमा प्रयोग गरेर भारतले नेपालको सिंहदरबार कब्जा गर्न खोजेको उहाँको भनाइ थियो ।
सरकारले चीनसँग अनुदानका रुपमा मात्र इन्धनको माग गरेर सीमित रहन नहुने बताउँदै उहाँले नेपालले न्यूनतम पाँच वर्षसम्मका लागि अर्को सम्झौता नगरे इन्धनको समस्या दीर्घकालीन रुपमा रहने बताउनुभयो ।
पाँच वर्षसम्मको सम्झौता नगरिए पाइपलाइन बिस्तारमा चीनले आफ्नो लगानी नगर्ने सम्भावना अत्यधिक रहेको उहाँले बताउनुभयो ।
नेपाली राजनीतिमा नयाँ समीकरण र नयाँ ध्रुव्रीकरण देखापरेको चर्चा गर्दै उहाँले नेपाली काँग्रेस अब प्रतिपक्षमै बसेर वर्तमान सरकारका गलत कामलाई रोक्ने र राम्रा कामलाई साथ दिए देशले परिवर्तनको महसुस गर्ने बताउनुभयो ।
नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीको एकताको विषय हल्लामात्रै भएको भन्दै बिजुक्छेले यो राष्ट्रियतासँग जोडिएको तर राष्ट्रिय सरकारको एकतामात्र भएको दाबी गर्नुभयो । रासस
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण