चीनमा भुकम्पले १२ हजार घर ध्वस्त
कुनमिङ, १४ कात्तिक-चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा शुक्रबार साँझ आएको भूकम्पले कम्तीमा पनि १२ हजार घरमा क्षति पु¥याएको समाचार छ ।
प्राप्त समाचारअनुसार सो भूकम्प चीनको युनान प्रान्तमा शुक्रबार साँझ ७।२६ मा आएको थियो । त्यसमा परी मानवीय क्षति भने भएको छैन ।
तर पनि अधिकारीहरुले शनिबार बिहानसम्मको क्षतिको विवरणअनुसार करिब १२ हजार घरमा क्षति पुगेको छ ।
युनान प्रान्तको बोसन नगरमा बढी क्षति पु¥याएको सो भूकम्प ५.१ म्याग्निच्युटको थियो । त्यसमा परी १६८ घर पूर्ण रुपमा भत्किएका छन् । यसबाट ८५६ जना पूरै घरबारबिहीन भएका छन् । रासस/सिन्ह्वा